प्रतिबन्धित भारु १२ लाख ७० हजार रुपैयाँसहित २ पक्राउ

२१ श्रावण २०७५, सोमबार ११:०५

साउन २१, काठमाडौं ।

प्रतिबन्धित भारु १२ लाख ७० हजार रुपैयाँसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा राजेन्द्र श्रेष्ठ र सुरज मल्ल छन् ।

उनीहरुलाई महानगरीय प्रहरी वृत्त, दरबामार्गको टोलीले जमलबाट पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको डिएसपी दानबहादुर मल्लले बताए ।