पूर्वमाओवादी केन्द्रका नेता यादव पक्राउ

२९ श्रावण २०७५, मंगलवार १६:३४

साउन २९, काठमाडौं ।

जिल्ला प्रहरी कार्यालय धनुषाले नेकपाका नेता श्याम यादवलाई पक्राउ गरेको छ । यादव पूर्वमाओवादी केन्द्रका पोलिटव्युरो सदस्य हुन् ।

प्रहरीले नेता यादवलाई जिल्ला प्रहरी कार्यालय परिसरबाटै पक्राउ गरेको बुझिएको छ ।

एकवर्ष अघिको हातहतियार तथा खरखजना मुद्दामा यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी गोविन्द थपलियाले जानकारी दिए ।

पक्राउ परेका यादवलाई जिप्रकाको हिरासतमा राखेर अनुसन्धान भैरहको उनले बताए ।