नाइजेरियामा बोको हरामका आतंकवादीहरूले मारे १५ सैनिक

२५ श्रावण २०७५, शुक्रबार १५:५१

साउन २५, काठमाडौं । एजेन्सी

उत्तरपूर्वी नाइजेरियामा बोको हरामका आतंकवादीहरूले बुधवार ढुकेर आक्रमण गर्दा कम्तीमा १५ सैनिक तथा विपत व्यवस्थापन निकायका एक अधिकारीको हत्या गरेका छन् ।

सुरक्षा सूत्रहरूले बिहीवार यसको जानकारी दिएका हुन् । दुई सैनिक र राष्ट्रिय विपत व्यवस्थापन निकायका एक कर्मचारीले घटनाको पुष्टि गरेका हुन् ।

एक सैनिकले नाम नबताउने शर्तमा भने, ‘हामीले १५ सैनिक गुमायौं ।

बोको हरामका आतंकवादीहरूले बुधवार गोलीकाण्ड गर्दा हाम्रा सैनिकहरू खाल्डो खनिरहेका थिए ।’