ट्रम्पले क्यानडाका वाहनहरूमा अन्तःशुल्क लगाउने दिए धम्की

२७ श्रावण २०७५, आईतवार १५:३०

साउन २७, काठमाडौं । एजेन्सी

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले शुक्रवार एक ट्वीट गरेर क्यानडाका वाहनहरूमा अन्तःशुल्क लगाउने धम्की दिएका छन् ।

मेक्सिकोसँगको व्यापार सम्झौतामा राम्रो प्रगति भइरहेको तर अमेरिका र क्यानडाबीच व्यापारिक सम्झौता नहुँदा उनीहरूबाट आयात हुने गाडीमा शुल्क लगाइने ट्रम्पको भनाइ छ ।

न्युजर्सीको बेडमिन्सटरमा आफ्नो गल्फ क्लबबाट ट्वीट गर्दै ट्रम्पले अमेरिका, मेक्सिको र क्यानडाबीच उत्तर अमेरिकी खुला व्यापार सम्झौतामा पुनः कुराकानीको प्रयासको उल्लेख गरे । उनका अनुसार, मेक्सिकोसँग कुनै पनि व्यापार
अमेरिकी वाहननिर्माता र किसानलाई ध्यानमा राखेर गर्नुपर्छ ।

अमेरिकी राष्ट्रपतिले मेक्सिकोका नवनिर्वाचित राष्ट्रपतिको प्रशंसा गर्दै उनी एक सज्जन व्यक्ति भएको बताए । क्यानडाका लागि चाहिँ उनको सन्देश सुखद रहेन ।