कहिले होला देशले मुहार फेर्ने बरिलै : गायक तथा सर्जक डिल्लीराज पाण्डे

५ भाद्र २०७५, मंगलवार १५:४९

भदौ ५, काठमाडौं ।

मौलिक कला संस्कृति लोप हुन्छकी भन्ने चिन्ता एकातिर छ भने आजको हाम्रो वास्तविकता अर्का तिर छ । यी र यस्तै विष्यलाई उठान गर्दै आएका गायक तथा सर्जक डिल्ली नारायण पाण्डेले यस पटकको तिज पर्वमा एउटा यर्थाथपरक र मार्मिक तिज गीत सार्वजनिक गरेका छन् । कहिले होला देश मुहार फेर्ने बरिलै, पानीजहाज रेल कुदेको हेर्नी बरिलै, यस गीतमा गायक डिल्ली नारायण पाण्डे लाई गायिका रितु थापाले साथ दिएकी छिन् भने श्री नगर फिल्मस् प्रोडक्सन प्रा.लि. ले यसको व्यवस्थापन गरेको छ ।

हाम्रा राजनैतिक दल र यसकोे नेतृत्वले देश र जनता प्रति अनुत्तरदायी  निहित स्वार्थ र दलीय स्वार्थ भन्दा बाहिर निस्कन नसक्दा आज देशको यो दुर्दशा हुँदा पनि अझै झूटा आश्वासन, खोक्रा भाषणमा भने सिंगापुर बनाउने कुरा गर्न अझै छाडेका छैनन् । ४ दशक पहिला उठान गरेको सिंगापुर बनाउने अभियान कहाँ पुग्यो जनता खोजीरहेका छन् । नयाँ नेपाल कस्तो हो, नयाँ नेपालमा नेपाली जनताले के के सेवा सुविधा पाउने हुन् भन्ने कुनै आधार नै छैन । केवल नारामा नयाँ नेपाल गर्दा गर्दा अहिले पानी जहाज, रेल, घर घरमा पाइप लाइन बाट ग्याँस प्रयोग गर्न कति समय पर्खिनु पर्ने हो नेपाली जनताले यो पनि कतै सिंगापुर बनाउने सपना नयाँ नेपाल बनाउने सपनासँगै तुहिने हो की शंकै शंकाका घेराभित्र छन् नेपाली जनता गरिब नेपाली जसले सामान्य सिटामोल नपाउँदा मृत्यु लाइ अगाँल्नु को विकल्प छैन । देश हाँक्ने राजनैतिक दलका नेता उनको परिवार विरामी हुँदा विदेश जानुपर्ने उपचारका लागि यो कस्तो व्यवस्था हो ।

 

राजनैतिक दलका क्रियाकलाप यस्तै हुँदै जानी हो भने भोली नेपाली जनताको जुन राजनैतिक दलमाथिको विश्वासमा स्खलन आयो भने देश कहाँ पुग्दछ यो किन समयमा नै सोच्न सकेका छैनन् हाम्रा राजनैतिक दल र यसको नेतृत्व समृद्ध नेपाल निर्माण गर्ने हैसियत राख्ने युवा शक्ति आज मलेसिया, बहराइन, खाडी मुलुक लगायत विश्व श्रम बजारमा आफ्नो पसिना र रगत बेच्न बाध्य छन् अनि कसरी बन्छ नयाँ नेपाल । कसले बनाइदिन्छ रेलको लिक । बैँस हुनजेल लाहुरे गईनिभो, दारी कपाल फुलेपछि नेपाल भईनिभो पसिना र रगत बेच्दा समेत घर परिवारलाई एक छाक राम्रो खुवाउन एकसरो लुगा फर्ने समस्या छँदैछ । त्यसैमा विदेशमा भोग्नुपरेको पिडा व्यथा को कथा छँदैछ । घरमा वृद्ध वृद्धा बुबा आमा, आफ्नी जीवन संगिनी प्रतिको उत्तरदायित्व पुरा गर्न विदेशिनु पर्ने बाध्यता लाई आत्मसात् गर्नुको अर्को विकल्प नै छैन । यो दायित्व राज्यले लिने कि नलिने यो प्रश्नको जवाफ खोजीरहेका छन् आज ।

 

घरमा बुबालाई सुगर आमालाई दमले च्याप्दा पानी सम्म खुवाउने मानिस आजकल गाँउघरमा छैनन् । यस्तो अवस्थामा छौँ आज यस्तै हाम्रो मौलिक कला संस्कृति माथि जुन प्रहार भएको छ । हामी आज हाम्रो मौलिक कला संस्कृति जोगाउन सक्छौँ कि सक्दैनौँ भन्ने अवस्थामा छौँ । यो अवस्था पनि अरु कसैले ल्याइदिएको होइन हामी आफैँले निम्त्याएका हौँ । हाम्रो मौलिक बोकेका गीत लोक गीत संगीत साटो हिन्दी अंग्रेजी गीत मन पराउछौँ । नेपाली चलचित्र भन्दा अन्य भाषाका चलचित्र मन पराउदैँ छौँ । नेपाली टेली सिरीयल भन्दा हिन्दी टेली सिरीयल हामी मन पराउँदा हाम्रो मौलिक कला संस्कृति हराउदै जाने खतरालाई समेत गायक तथा सर्जक डिल्ली नारायण पाण्डे राम्रो सँग उठाउने प्रयास गरेका छन् ।