कञ्चनपुरमा फेरि अर्की किशोरी बलात्कृत

१५ भाद्र २०७५, शुक्रबार १४:१७

 

कञ्चनपुरमा १६ वर्षीया एक किशोरी बलात्कार भएकी छन् । कञ्चनपुरको बेल्डाँडी गाउँपालिका वडानम्बर १ की १६ वर्षीया किशोरी सामुहिक बलात्कार भएकी हुन् । जिल्ला प्रहरी कार्यालयले घटनाको विस्तृत विवरण आइनसकेको बताएको छ ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी कृष्णराज ओझाले बिहीबार राति घरमा पुजा भइरहेका बेला चारजना व्यक्तिले किशोरीलाई सडकमा बोलाएर घरभन्दा टाढा लगेर बलात्कार गरेको किशोरिका परिवारले जानकारी दिएको बताएका छन । किशोरीले दिएको जानकारी अनुसार दुई जनाको पहिचान भएको र बाँकी दुईजनाको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

बलात्कृत किशोरीको स्वास्थ्य परीक्षण गराएर अहिले इलाका प्रहरी कार्यालय बेल्डाँडीमा राखिएको छ । अहिले घट्नामा सहभागिहहरुको खोजीका लागि जिल्लामा व्यापक प्रहरी परिचलान गरिएको डिएसपी ओझाले बताए ।