अझै फेला परेनन् तालमा डुबेका तीन विद्यार्थी

२२ श्रावण २०७५, मंगलवार १०:४३

साउन २२, काठमाडौं ।

सोलुखुम्बुको गोक्यो तालमा बेपत्ता भएका तीन बालकको अवस्था अझै अज्ञात छ । पौडी खेल्ने क्रममा गत शनिवार उनीहरू बेपत्ता भएका थिए ।

 

बेपत्ताको खोजी निरन्तर जारी राखे पनि अवस्था थाहा पाउन नसकिएको सोलुखुम्बु प्रहरीले जनाएको छ । नेपाली सेना, प्रहरी र स्थानीयले खोजी जारी राखेका छन् ।

बेपत्ता हुनेमा शैक्षिक भ्रमणमा गएका खुम्जुङ माध्यमिक विद्यालयका पेम्बादोर्जी शेर्पा, पेम्बानुरु शेर्पा र सुनिल बराईली छन् । उनीहरू कक्षा ९ मा अध्ययनरत छन् ।

शैक्षिक भ्रमणका लागि गएका उनीहरु नुहाउने क्रममा शनिबार बिहान आठबजेतिर तालमा डुबेका थिए । विद्यालयबाट शुक्रबार अध्ययन भ्रमणका लागि ३३ जनाको टोली गोक्यो गएको थियो ।