विप्लव समूहका ४० जना नेता तथा कार्यकर्ता पक्राउ

१८ असार २०७५, सोमबार ०७:४२

असार १८, काठमाडौं ।

काठमाडौं प्रहरी परिसरले विप्लव समूहका ४० जना नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ ।

उनीहरुलाई नेपालटारमा संदिग्ध गतिविधि गरिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको हो ।

काठमाडौं प्रहरी प्रमुख वरिष्ठ उपरीक्षक (एसएसपी) विश्वराज पोखरलका अनुसार पक्राउ परेका मध्ये ७ जनाविरुद्ध सार्वजनिक अपराध मुद्दा चलाइएको छ ।

पोखरेलका अनुसार विलप्व समूहका सदस्य एवं पूर्वमन्त्री पदम राई, समूहका पोलिटब्यूरो सदस्य भरत बम, केन्द्रीय सदस्य रणसिंह पुन मगर, कानुनी सल्लाहकार ओमप्रकाश पाण्डे, काठमाडौं सेक्रेटरी धिरेन्द्र उपाध्याय, एकाराज राई र सिद्धान्त राईविरुद्ध मुद्दा चलाइएको हो ।

उपाध्यायमाथि यसअघि ललितपुरस्थित अयोधिप्रसाद यादवको घरमा बम पड्काएको समेत आरोप छ ।

‘जनतामा भय र त्रास सिर्जना गर्ने गतिविधिमा आइन्दा संलग्न नहुने वाचापछि अन्यलाई छाडिएको हो’, एसएसपी पोखरेलले भने ।