मृतक मेयरको फेसबुक आईडीबाट एक्कासि स्टाटस राखिएपछि सबै परे छक्क

१० श्रावण २०७५, बिहीबार १६:४५

साउन १०, काठमाडौं ।

धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको फेसबुक आईडीबाट एक्कासि स्टाटस राखिएपछि सबै छक्क परेका छन् ।

हेर्नुहोस्, स्टाटस :

बिहीवार दिउँसो करीब साढे १ बजेको समयमा आएको स्टाटसपछि उनको आईडीबाट कसरी यस्तो स्टाटस आयो भनेर चिनेजानेका व्यक्ति छक्क परेका हुन् । उनको स्टाटसमा ‘आई लभ यू धरान’ उल्लेख गरिएको छ ।

‘कसले चलाउँदैछ उनको आईडी’, ‘मिस यू तारा कम्रेड’ लगायतका कमेन्ट आएपछि करीब १ घण्टाको समयसम्म पनि धेरैले स्टाटसमा कमेन्ट गरिरहेका छन् । कमेन्ट गरेकाले कसले फेसवुक आईडी चलाएको र किन चलाएको तथा कहाँबाट सञ्चालित छ भन्ने प्रश्न राखेका छन् ।

गत मंगलवार काठमाडौंमा उपचारको क्रममा निधन भएका सुब्बाको साउन ५ गते धरानमा अन्त्यष्टि भएको थियो । मृत्यु भएको १० दिनपछि आएको स्टाटसले अहिले उनका आफन्तलाई मात्र हैन, उनका निकटलाई पनि अचम्मित बनाएको छ ।

धरान उपमहानगरपालिकाका उपमेयर मञ्जु भण्डारीले यस बारेमा केही जानकारी नभएको र बुझेर बताउन सकिने बताइन् । उनले भनिन्, ‘यस बारेमा मैले बुझेर जानकारी गराउँछु ।’