“मिस हेरिटेज नेपाल २०१८” को उपाधि प्रशंसा रायमाझी र सारिका प्रजापतीलाई

८ श्रावण २०७५, मंगलवार १४:३४

साउन ८, काठमाडौं ।

सौन्दर्य प्रतियोगिता ‘लिटिल मिस हेरिटेज नेपाल २०१८’को उपाधि प्रशंसा रायमाझी र सारिका प्रजापतीले जितेका छन् । प्रशंसाले सिनियर र सारिकाले जुनियर तर्फको ताज चुमेका हुन् ।

जेनिथ इन्टरटेन्मेन्टले इप्लानेटसँगको सहकार्यमा आयोजना गरेको कार्यक्रममा सिनियर तर्फकी सुभासिनी काफ्ले फस्ट रनर चुनिदा जुनियर तर्फकी अर्या पाण्डेले पब्लिक भिवर च्वाइस उपाधि हात पारिन् ।सबै बिजेताले नेपालको प्रतिनिधित्व गर्दै अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागी हुने अवसर प्राप्त गर्नेछन् ।

तिन्कुनेस्थित रोयल इवेंट्समा प्रतियोगितामा हिडेन ट्रेजरकी प्रतिमा कक्षपति, फोटोग्राफर राजभाइ सुवाल, अभिनेता रेश मरहट्ठा, स्टालिस्ट सोनिया गुरुङ, फोटोग्राफर केर्विन रंजनिकर, गायक निर्णय श्रेष्ठ र मिडिया ट्रेनिंग हाउसका निक शाक्य निर्णायकमा रहेका थिए । निशा पाठकको कोरियोग्राफी रहेको प्रतियोगिता प्रत्यक बर्ष नियमित रुपमा आयोजना गरिने आयोजक जेनिथका विक्रम सिंह मैनालीले बताए ।