मलेसियाका पूर्वप्रधानमन्त्री नजिब भ्रष्टाचार मुद्दामा पक्राउ

२० असार २०७५, बुधबार १०:०७

असार २०, काठमाडौं । बीबीसी

मलेसियाका पूर्वप्रधानमन्त्री नजिक रजाकलाई भ्रष्टाचारप्रतिरोधी अधिकारीहरूले पक्राउ गरेका छन् । उनीमाथि बुधवार अभियोग लगाइनेछ ।

नजिबमाथि लामो समयदेखि भ्रष्टाचारको आरोप लाग्दै आएको थियो । उनले राज्य विकास कोष १ एमडीबीबाट लगभग ७७ अर्ब रुपैयाँ हजम गरेको आरोप छ ।

 

नजिबले गठन गरेको यो कोषमा अर्बौं डलरबराबरका रकम बेरुजु छन् ।

 

गत मे महिनामा भएको आमनिर्वाचनमा हारेपछि उनीमाथि अनुसन्धान चल्दै आएको थियो । नजिब चाहिँ आफूले कुनै गल्ती नगरेको बताउँदै आएका छन् ।

 

नजिबलाई उनकै घरबाट स्थानीय समयअनुसार दिउँसो २ः३५ मा पक्राउ गरिएको थियो ।

उनलाई क्वालालम्पुर उच्च अदालतमा बुधवार बिहान अभियोग लगाइने बताइएको छ ।