ट्रकको ठक्करबाट पाल्पाका बाबु-छोराको मृत्यु

६ श्रावण २०७५, आईतवार १४:३३

साउन ६, काठमाडौं ।

सिद्धार्थ राजमार्गकाे बुटवल–पाल्पा सडकखण्डअन्तर्गत पर्ने सिद्धबाबा नजिकैबाट ट्रकले मोटरसाईकललाई ठक्कर दिएर भिरबाट लडाउँदा पाल्पाकाे तानेसनका बाबु छोराको मृत्यु भएको छ ।

तानसेन नगरपालिका–७ घर भएका ४० वर्षिया माधव कुमाल र १९ वर्षका उनका छोरा उमेशको मृत्यु भएकाे इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक (डिएसपी) डिलबहादुर मल्लले जानकारी दिए ।

डिएसपी मल्लका अनुसार प्रहरीका अनुसार तिनाउ गाउँपालिका– ३ माथिल्लो सिद्धाबाबा हेडबक्स नजिकै तानसेनबाट बुटवलतर्फ आउँदै गरको लु २१ प ९६८० मोटरसाइकललाई ना ३ ख १००८ नम्बरको ट्रकले ओभरट्रयाक गर्न खोज्दा ठक्कर दिएपछि उनीहरू बाटोबाट तिनाउमा नदीको काखको भीरमा खसेका हुन् ।

दुवै जनाको शव डोरी लगाएर प्रहरी भीरबाट निकालेको छ ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।