जलाइयो १३ अर्बमा ब्राण्डेड कपडा

९ श्रावण २०७५, बुधबार ११:४६

साउन ९, काठमाडौं । एजेन्सी

बर्बरी ब्राण्डका कपडाको ब्राण्डका कपडा लगाउनुभएको पनि होला । ट्रेन्च कोट, चेकवाला स्कर्फ तथा ब्याग लगायतका लागि यो ब्राण्ड अत्यन्तै चर्चित छ । यो ब्राण्डका डिजाइन दुनियामा सबैभन्दा धेरै नक्कल गरिने ब्राण्ड पनि हो ।

यस्ता विश्वचर्चित ब्राण्डहरु आफ्नो बजारको प्रतिष्ठाका लागि लाखौँ करोडौँ रुपैयाँसम्म खर्च गर्न तयार रहन्छन् । मार्केट भ्यालू बचाउनका लागि करोडौँ रुपैयाँको नोक्सान झेल्न पनि तयार हुन्छन् यिनीहरु । बेलायती ब्राण्ड बरबरीले पनि आफ्नो मार्केट भ्यालू बचाउनका लागि करोडौँ रकम घाटा बेहोरेको छ ।

एक रिपोर्ट अनुसार यो ब्राण्डले पछिल्लो केही वर्षमा आफ्नो ब्राण्डका भण्डै ४ अर्ब कपडा तथा कस्मेटिक्स नष्ट गरेको छ ।

यसका अलावा पछिल्लो ५ वर्षमा बरबरी कम्पनीले झण्डै १३ अर्ब बराबरका नबिकेका कपडा जलाएको छ ।

पूराना कमसल सामानहरु बजारमा उपभोक्तासम्म नपुगुन् र आफ्ना ब्राण्डहरुको कपी नहोस् भन्नका लागि बरबरीले अर्बौ रुपैयाँका सामान जलाएको हो ।

नक्कल रोक्ने र ब्राण्डभ्यालु बचाउनका लागि कम्पनीले गरेको यो कार्य हालै कम्पनीको लेखा वासलातबाट पत्ता लागेको छ ।