चिकित्सकहरुले सुरु गरे सामुहिक अनसन

८ श्रावण २०७५, मंगलवार १५:४४

साउन ८, काठमाडौं ।

२५ दिनदेखि आमरण अनसनमा रहेका डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै त्रिवि शिक्षण अस्पताल, महाराजगञ्का आवासीय चिकित्सकहरुले सामुहिक अनसन सुरु गरेका छन् ।

उनीहरुले बिहान १० बजेदेखि डा. केसी अनसनरत रहेको भवन अगाडि अनसन सुरु गरेका छन् । अनसनमा अस्पतालका कार्यरत झण्डै १५० आवासीय चिकित्सकहरुको सहभागिता रहेको छ ।

 

अनसन अघि आवासीय चिकित्सकहरु सरकारको विरोधमा मुखमा पट्टी बाधेर त्रिवि शिक्षण अस्पताल परिसरमै र्‍यालीसमेत निकालेका थिए । डा. केसीको जीवनरक्षाको माग गर्दै त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकहरुले इमजेन्सी तथा आइसीयु सेवा बाहेकका अन्य सम्पूर्ण सेवा बहिष्कार गरेका थिए ।

उनीहरुले मंगलबार विहानै चिकित्साशास्त्र अध्ययन संस्थान -आईओएम)का डीन कार्यालय अगाडि धर्ना दिनुका साथै प्रर्दशनसमेत गरेका थिए । आफूहरुका मागप्रति सरकार उदासीन रहेको भन्दै आवासीय चिकित्सकले आन्दोलनलाई थप कडा बनाउँदै लैजाने बताउँदै आएका छन् ।