चलचित्र ‘बोबी’को ‘नपत्याउने खोलाले बगायो’ भनेझैँ व्यापार, सबैभन्दा बढी व्यापार

९ श्रावण २०७५, बुधबार १७:०१

साउन ९, काठमाडौं ।

असारको २९ गतेबाट रिलिज भएको चलचित्र ‘बोबी’को व्यापार अचम्मले बढिरहेको छ । नेपालीमा एउटा उखान छ, ‘नपत्याउने खोलाले बगाउँछ’ । अहिले, यो चलचित्रको व्यापारले यही उखानलाई चरितार्थ गरिदिएको छ ।


सिंगल थिएटरमा चलचित्रले खासै गतिलो व्यापार नगरेपनि मल्टिप्लेक्समा दर्शक दोश्रो सातामा झनै बढेपछि यसका निर्देशक मिलन चाम्स आफै अचम्मित भएका छन् ।

नर्वेमा बस्दै आएका एक जोडीको रियल प्रेम कथामा बनेको चलचित्रलाई दर्शकले रुचाएका छन् ।

नर्वेमा बस्दै आएका उमेश थापा र कविता गुरुङको रियल प्रेम कथामा यो चलचित्र बनेको हो । चलचित्रमा यी दुबैले नै अभिनय गरेका छन् ।

उमेश र कविताको जोडी नेपाली चलचित्र क्षेत्रमा कुनै परिचित नाम थिएन । अर्कोतिर, गीतसंगीत औषत थियो भने प्रचार सामान्य थियो । यसैले, पनि असार २९ गते चलेका ४ चलचित्रमध्ये ‘बोबी’लाई कमजोर मानिएको थियो ।

तर, असार २९ गते मात्र होइन, साउन ४ गते रिलिज भएका ‘भैरे र पण्डित बाजेको लौरी’लाई समेत ‘बोबी’को व्यापारले उछिनेको छ । चितवनमा यो बर्ष रिलिज भएका चलचित्रमध्ये सबैभन्दा बढी व्यापार गर्ने चलचित्र ‘बोबी’ बनेको छ ।

निर्देशक मिलन चाम्सले अचम्म भएको भन्दै प्रतिक्रिया दिएका छन् । उमेश र कविता हल-हलमा पुगेर दर्शकको प्रतिक्रिया लिइरहेका छन् ।