गंगामायालाई भेट्न मानवअधिकारवादीसहित वीर अस्पताल पुगे नेता केसी

१७ असार २०७५, आईतवार १०:४९

असार १७, काठमाडौं ।

छोराका हत्यारालाई कार्वाही गर्न माग गर्दै अनसनमा बसेकी गंगामाया अधिकारीलाई नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले भेटेका छन् ।

मानवअधिकारवादीको टोलीसहित आइतबार अपरान्ह वीर अस्पताल पुगेका केसीले आईसीयू कक्षमा गंगामायालाई भेटेका हुन् ।

 

गंगामायालाई भेट्न कनकमणि दीक्षित, चरण प्रसाईं, डा. केदार नरसिंह केसी, नेविसंघका महामन्त्री कुन्दनराज काफ्ले लगायत पुगेका थिए ।

 

उनको छोरा कृष्णप्रसादको २०६१ साल जेठ २४ गते अपहरणपछि हत्या भएको थियो । घटनाको जिम्मा तत्कालीन माओवादीले लिएको थियो ।