उछिने नेयमारले मेस्सी र रोनाल्डोलाई

१९ असार २०७५, मंगलवार ०८:०९

असार १९, काठमाडौं । एजेन्सी

ब्राजिली फूटबल टोलीका स्टार स्ट्राइकर नेयमारले मेक्सिकोविरुद्धको खेलमा एक गोल गरेर अन्य सुपरस्टारहरू रोनाल्डो र मेस्सीलाई उछिनेका छन् ।

विश्वकपमा नेयमारको गोलसंख्या ६ पुगेको छ । रोनाल्डोको गोलसंख्या सात र मेस्सीको गोलसंख्या ६ भएपनि नेयमारले उनीहरूभन्दा कम शट हानेर ६ गोल गरेका हुन् ।

 

उनले जम्मा ३८ शट हानेर ६ गोल गरेका हुन् ।

 

लियोनेल मेस्सीले ६७ शटमा ६ गोल हानेका हुन् भने रोनाल्डोले ७४ शटमा ७ गोल गरेका हुन् । यसरी हेर्दा नेयमार नै उनीहरूभन्दा अघि देखिएका छन् ।

 

नेयमारले मेक्सिकोविरुद्ध एक गोल गरे भने अर्को गोलमा मद्दत गरे ।