आमहडताल फिर्ता गर्न शिक्षा मन्त्रीको अनुरोध

१७ असार २०७५, आईतवार ०५:०५

असार १६, काठमाडौं ।

लामो समयदेखि शैक्षिक बिकृती र चर्को शैक्षिक शुल्कको अन्त्यको लागि आन्दोलनरत विद्यार्थी संगठनका प्रतिनिधिहरुसंग शिक्षा मन्त्री गिरिराजमणि पोख्रेलले बोलाएर वार्ताको लागि अनुरोध गरेको कुरा अखिल (क्रान्तिकारी)का अध्यक्ष आलोक रायमाझीले जानकारी दिए ।

विद्यार्थी संगठनका अध्यक्षहरु संगको भेटमा ३ दिने शैक्षिक आमहडताल फिर्ता गर्न मन्त्री पोख्रेलले अनुरोध गरेको अध्यक्ष रायमाझीले जनाए ।

 

साथै मन्त्री पोख्रेलले अब एक दुई दिनभित्रै वार्ता मार्फत धेरै कुरा टुंगोमा पुर्याउने आश्वासन आफुहरुलाई दिएको रायमाझीले बताए ।