आचार्यले नेपाली भाषा र साहित्यको माध्यमबाट नेपाललाई एकताबद्ध गरे : प्रधानमन्त्री ओली

२९ असार २०७५, शुक्रबार ०५:४५

असार २९, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा र साहित्यको माध्यमबाट नेपाललाई एकताबद्ध गरेको बताएका छन् ।

२०५ औं भानु जयन्तीको अवसरमा भानु प्रतिष्ठानले प्रज्ञा भवन कमलादीमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले नेपाली साहित्य र समाजमा भानुभक्तको योगदान असाधराण र कालजयी रहेको बताएका छन् । “भानुभक्तले साहित्य मार्फत समाज सुधारका लागि ठुलो योगदान गर्नु भएको छ ” प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले नेपाली साहित्यमा भानुभक्तीय भावना,शैली र प्रवृतिको आफ्नै महत्व रहेको बताएका छन् ।

प्रतिष्ठानले कार्यलय भवन निर्माणका लागि जग्गा माग गरेकोमा प्रधानमन्त्री ओली सकारात्मक भएका छन् । प्रधानमन्त्री ओलीले प्रज्ञा प्रतिष्ठानमा रहेको भानुभक्तको सालिकमा माल्यार्पण गरेका छन् ।