अमेरिकी दूतावासमा बम पड्काउने व्यक्ति पक्राउ

१० श्रावण २०७५, बिहीबार १७:२७

साउन १०, काठमाडौं ।

बेइजिङको चाओयाङ जिल्लामा रहेको अमेरिकी दूतावासअगाडि बिहीवार बम विस्फोट गराउने व्यक्तिलाई पक्राउ गरिएको छ ।

पक्राउ परेका व्यक्ति २६ वर्षीय जियाङ हुन् र उनी उत्तरी चीनको भित्री मंगोलिया स्वायत्त क्षेत्रका बासिन्दा हुन् ।

उनले पटाकाबाट बनेको बम विस्फोट गराएको प्रहरीले जनाएको छ ।

घटनामा जियाङको हातमा चोटपटक लागेको छ र उनलाई अस्पताल लगिएको छ । अरू कोही हताहत भएको जानकारी नआएको प्रहरीको भनाइ छ ।

घटनाको अनुसन्धान चलिरहेको छ ।

अहिले उक्त क्षेत्रको गतिविधि सामान्य बनेको छ ।