१० अर्ब ठगीको अभियोग लागेका बस्नेत ८४ हजार ६ सय ४८ रुपैयाँ जरिवाना तिरेर छुटे

२२ जेष्ठ २०७५, मंगलवार १०:५६

जेठ २२, काठमाडौं ।

१० अर्ब ठगीको आरोपमा जेल परेका सुधिर बस्नेत छुटेका छन् ।

उनी सोमबार नै छुटेका हुन् । डिल्लीबजार सदरखोरले बस्नेत छुटेको पुष्टि मंगलबार गरेको छ ।

ओरेन्टल सहकारी, कोहिनूर हिल (हाउजिङ) आयुसा बिल्डर्सलगायत आठ कम्पनी तथा संस्थाका सञ्चालक बस्नेत १३ पुस २०७३ मा पक्राउ परेका थिए ।

सहकारीको निक्षेप ठगी अभियोगमा काठमाडौं र भक्तपुर जिल्ला अदालतले बस्नेतलाई जेल सजाय सुनाएको थिए । ठगी मुद्दामा जिल्ला अदालत काठमाडौंले २ वर्ष कैद र ५ करोड ९१ लाख ९७ हजार जरिवाना तथा ठगीकै अर्को मुद्दामा ६ महिना कैद र ४ लाख ९४ हजार जरिवानाको फैसला सुनाएको थियो ।

भक्तपुरले पनि २ वर्ष कैद र ८४ हजार ६ सय ४८ रुपैयाँ जरिवाना असुल हुने फैसला सुनाएको थियो । जेल सजाय काटेपछि बस्नेत जरिवाना तिरेर छुटेका हुन् ।