सोसल मिडियामा यो भिजिटिङ कार्ड भाइरल ! किन ?

२८ जेष्ठ २०७५, सोमबार ०८:३९

जेठ २८, काठमाडौं । एजेन्सी

सोसल मिडियाको यो जमानामा कहिले के भाइरल हुन्छ ? भन्ने कुराको अनुमान लगाउन गाह्रो पर्दछ । पछिल्लो समय सोसल मिडियामा एउटा भिजिटिङ कार्ड चर्चाको विषय बनिरहेको छ ।

भारतका एक अवकाशप्राप्त कर्मचारीको भिजिटिङ कार्डले ट्वीटरमा राम्रै चर्चा कमाइरहेको छ ।

@PedestrianPoet नामक ट्विटर ह्याण्डिलबाट एक अनौठो भिजिटिङ कार्डको तस्वीर शेयर गरियो ।

सामान्यतः भिजिटिङ कार्डमा व्यक्तिको नाम, काम गर्ने कम्पनी, पद, सम्पर्क नम्बर आदि उल्लेख हुन्छन् । तर यो कार्डमा त्योभन्दा फरक तथ्य छ ।

कार्डको सबैभन्दा माथिल्लो भागमा लेखिएको छ, नो अफिस, नो बिजनेस, नो जब, नो ओरिज ।

नाम जी सुनिल सचदेव र परिचयको रुपमा भारतीय आयल कर्पोरेसनको मुख्य व्यवस्थापकबाट अवकासप्राप्त लेखिएको छ ।

त्यसको तलपट्टि रोचक जानकारी छ । जसमा जमघट, हल्का संगीत, घुमफिर, राजनीतिक बहस, नजिकका मान्छेसँग तास खेल्न, लञ्च तथा डिनरका लागि आफू उपलब्ध रहेको उल्लेख छ ।

यो बिजनेस कार्डका सम्बन्धमा ट्वीटरमा राम्रै बहस भएको छ । एकजना ट्वीटर प्रयोगकर्ताले ती कार्डवाला काकाको ६ महिनाअघि नै मृत्यु भइसकेको आफूले थाहा पाएको भन्दै काकाले जीवनमा राम्रै मस्ती गरेको उल्लेख गरेका छन् ।