विश्वकप एक दिन बाँकी रहँदा बर्खास्त भए स्पेनी प्रशिक्षक जुलेन

३० जेष्ठ २०७५, बुधबार १०:३६

जेठ ३०, काठमाडौं ।

विश्वकप फुटबल सुरु हुन एक दिन बाँकी रहँदा स्पेनले प्रशिक्षक जुलेन लोपेटेगीलाई बर्खास्त गरेको छ ।

स्पेनले १ असारमा पोर्चुगलसँग पहिलो खेल खेल्दैछ । तर, त्यसअघि प्रशिक्षक बर्खास्तीमा परेका हुन् ।

 

स्पेनिस फुटबल फेडेरेसनले पत्रकार सम्मेलन गरी ५१ वर्षीय लोपेटेगीलाई बर्खास्त गरेको घोषणा गरेको हो ।

 

संघलाई कुनै जानकारी नदिई रियल मडि्रडसँग सम्झौता गरेकाले लोपेटेगीलाई बर्खास्त गरिएको उसले बताएको छ ।

 

स्पेनिस क्लब रियल मडि्रडले मंगलबार मात्र लोपेटेगीलाई नयाँ प्रशिक्षक नियुक्त गरेको घोषणा गरेको थियो ।