विश्वकपमा दावेदार मानिएका टिमहरुको सन्तोषजनक प्रदर्शन, जर्मन संकटमा !

६ असार २०७५, बुधबार ०७:५६

असार ६, काठमाडौं ।

रसियामा जारी २१औं विश्वकप फुटबलअन्तर्गत समूह चरणका पहिलो खेल सकिएका छन् । पहिलो चरणका खेल सकिदासम्म उपाधिका बलिया दावेदार भनिएका अधिकांश देशका निम्ति यो चरण सुखद बन्न सकेन ।

उपाधिका दाबेदार मानिएका जर्ममनी, ब्राजिल, अर्जेन्टिना, स्पेन, पोर्चुगलले सोचे अनुसारको नतिजा निकाल्न सकेनन् ।

 

साविक विजेता जर्मनी मेसिक्कोसँग १–० ले पराजित भयो । त्यस्तै, उपाधिका दावेदार ब्राजिल, अर्जेन्टिना, स्पेन, पोर्चुगल आ–आफ्नो पहिलो खेलमा बराबरीमै चित्त बुझाउन बाध्य भए ।

 

तर यता फ्रान्स भने संघर्षपूर्ण खेलमा २–१ ले विजयी भयो । समूह चरणका ११ खेलमध्ये रुस–साउदी अरेबिया र स्पेन–पोर्चुगलबीचको खेलबाहेक सबै खेलमा स्ट्राइकर फिनिसिङमा चुकिरहेका छन् ।

जर्मनीलाई समूह चरणबाटै बाहिरिने डर छ । ब्राजिल, अर्जेन्टिना, स्पेन र पोर्चुगल पनि दबाबमा छन् । जितपछि पनि फ्रान्स दबाबमै देखिन्छ ।