विवकशील पार्टीका जिल्ला अध्यक्षसहितको समूह नेकपामा प्रवेश

२२ जेष्ठ २०७५, मंगलवार ०९:२७

जेठ २२, काठमाडौं । एजेन्सी

विवेकशील साझा पार्टीका पर्सा जिल्ला अध्यक्षसहितको समूह नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेको छ ।

मंगलबार बिहान अध्यक्ष प्रचण्ड निवास खुमलटारमा सो पार्टीका नेताहरू नेकपामा प्रवेश गरेका हुन् । उनीहरूलाई अध्यक्ष प्रचण्डले अवीर र माला लगाएर पार्टी स्वागत गरे ।

 

पार्टी प्रवेश गर्नेमा विवेकशील साझाका पर्सा जिल्ला अध्यक्ष रामकुमार पाण्डे, व्यवस्थापिका प्रमुख बबिल थापा, कार्यपालिका प्रमुख मुस्ताक आलम, न्यायपालिका प्रमुख सुरेशकुमार बादललगायत छन् ।

 

पाण्डे माओवादी जनयुद्धकालका जिल्ला जनसरकार उपप्रमुखसमेत हुन् ।