लियोनल मेस्सीले बाख्रासँग फोटो खिचाएपछि रोनाल्डोसँग दाजेर ‘मजाक’

१० असार २०७५, आईतवार ०९:३१

असार १०, काठमाडौं ।

विश्वकप शुरु हुनुभन्दा पहिला अर्जेन्टिनाका स्टार लियोनल मेस्सीले न्यूयोर्कको एक पत्रिकाका लागि फोटोशूट गरेका थिए ।

पेपर पत्रिकाका लागि गरिएको यो फोटोशूटमा मेस्सी एक बाख्रासँग देखिएका थिए । साथै उक्त म्यागजिनले मेस्सीको नामको तल GOAT लेखेको थियो । GOAT अर्थात बाख्रा नभएर greatest of all time(सवैभन्दा सर्बश्रेष्ठ) ।

मेस्सी विश्व फूटबलका सर्वेश्रेष्ठ खेलाडि हुन्। तर रुस विश्वकपमा भने अहिलेसम्म उनको टीम अर्जेन्टिनाका तर्फबाट जाँदू देखाउनसकेका छैनन् ।

अर्जेन्टिनाले आफ्नो पछिल्लो खेल क्रोएशियासँग ३–० ले पराजय बेहोरेको छ ।

उता उत्कृष्ठ खेलाडीको रेसमा रहेका क्रिस्टियानो रोनाल्डो भने यो विश्वकपमा छाएका छन् । उनले ४ गोल गरेका छन् र रुस विश्वकपको टप स्कोरर पनि हुन् । उनको एकल प्रयासमा पोर्चुगलले दुई खेलमा जीत हात पारेको छ ।