राष्ट्रिय युवा सम्मेलन-२०७५ आयोजना हुने

२१ जेष्ठ २०७५, सोमबार ०६:३४

जेठ २१, काठमाडौं ।

आगामी असार १ र २ गते पोेखरामा राष्ट्रिय युवा सम्मेलन-२०७५ आयोजना हुने भएको छ ।

युवाहरुलाई सकारात्मक मार्गदर्शन, उत्प्रेरणा, नेतृत्व तथा व्यक्तित्व विकास गर्ने हेतुले नेपाल मानव धर्म सेवा समिति, युवा संगठनले सम्मेलन आयोजना गर्न लागेको हो ।

 

समाजमा रहेका हरेक युवाहरुलाई आध्यात्मिक जागरण मार्फत सुसंस्कृत समाजको निर्माण, सामाजिक सद्भाव र बन्धुत्व भावना अभिबृद्धि गरी राष्ट्रियताको बोध गराइ राष्ट्र निर्माण योगदान पुग्ने आयोजकले दावी गरेको छ ।

 

साथै सम्मेलनमा समितिका करिब २४७ शाखा तथा उपशाखामा आबद्ध भएका र अन्य संगठित/असंगठित समाजमा छरिएर रहेका अगुवा युवाहरु सहभागी हुनेछन् ।

 

दुई दिने सम्मेलनमा देश विदेशबाट करिब तीन हजार युवाहरुको सहभागिता हुने आयोजकले जानकारी दिएको छ ।