मिस नेपाल यूएस राईलाई महिला सशक्तिकरण सम्मान

११ असार २०७५, सोमबार १०:५३

असार ११, काठमाडौं ।

गत जुन २१ तारिख न्यूयोर्कको बिहीबार न्यूयोर्कको लङ आइल्याण्डमा आयोजित कार्यक्रममा गायिका तथा मिस नेपाल यूएस २०१३ बर्तीका राईलाई सुस्मिता सेनले सम्मान गरेकी छिन् ।

बलिवुडकी चर्चित कलाकार तथा मिस यूनिभर्स १९९४ सुस्मिता सेनको हातबाट उनलाई सम्मान गरिएको हो । महिला सशक्तिकरणको मर्मसहित आयोजित कार्यक्रममा उक्त पुरस्कार पाउनेमा बर्तीका अन्य पुरस्कृत हुने महिलाहरुमा नेपाली मध्येमा बर्तीका मात्र एकल थिइन् ।

सुस्मिता सेनले क्रिस्टल अवार्ड दिन बर्तीकालाई उनको परिचयसहित मञ्चमा बोलाएर प्रदान गरेकी थिइन् । बर्तीका गायिका हुन् भने उनले गाएका कैयाैं गीतहरु चर्चित छन् ।

१८ देखि २५ वर्षका नेपाली युवतीहरुले भाग लिन सक्ने सो प्रतियोगिता यस वर्ष नेपाल ११ इन्टरटेनमेन्टले गर्ने छ । मिस नेपाल यूएसको आगामी छैठौ संस्करण अगस्त १९ मा टेक्सासको ड्यालसमा हुँदैछ ।

न्यूयोर्क शहरको कुइन्सस्थित कुइन्स थिएटरमा आयोजित ‘मिस नेपाल युएस २०१३’ सुन्दरी प्रतियोगितामा बर्तिका राईले १५ जना प्रतियोगीहरुलाई उछिन्दै ‘मिस नेपाल यूएस २०१३’ को ताज जितेकि थिइन् ।