प्रशिक्षक गार्डिवलामाथि दुई खेलमा प्रतिबन्ध

२२ जेष्ठ २०७५, मंगलवार ०७:२६

जेठ २२, काठमाडौं । एजेन्सी

म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गार्डिवलामाथि च्याम्पियन्स लिग फुटबलका दुई खेलमा प्रतिबन्ध लागेको छ ।

गएको अप्रिल १० मा भएको च्याम्पियन्स लिग क्वाटरफाइनलको दोस्रो लेगमा गरेको व्यवहारका कारण उनीमाथि प्रतिबन्ध लगाइएको हो ।

 

घरेलु मैदानमा भएको खेलमा गार्डिवलालले रेफ्रीको एक निर्णयमा आपत्ति जनाएका थिए । त्यसपछि रेफ्रीले उनलाई हाफ टाइममा रातो कार्ड देखाएका थिए । सोही निर्णय अहिले कार्यान्वयन भएको हो ।

 

युरोपियन फुटबलको प्रशासकीय निकाय, युइएफएले गार्डिवलामाथि प्रतिबन्ध लगाएको हो ।