दिशा पटानीले मिटिङका नाममा फिल्म निर्मातासँग कारभित्रै दुई घन्टा बिताइन्

२९ जेष्ठ २०७५, मंगलवार १०:५८

जेठ २९, काठमाडौं ।

के दिशा पटानीले टाइगर श्राफलाई धोका दिन आँटेकी हुन् ? बलिउड नायिकाको पछिल्लो रवैया हेर्दा यस्तै अड्कल काट्न थालिएको छ ।

दिशा र टाइगर लामो समयदेखि डिप लभमा छन् । तर, बागी २ को सफलतापछि दिशाको चालढाल फेरिएको छ । उनी टाइगरसँग कुनै अफेयर नरहेको भनेर स्पष्टिकरण दिँदै हिँड्न थालेकी छिन् ।

केही दिनअघि एक अन्तरवार्तामा उनले प्रतिप्रश्न गरिन्, ‘सँगै डिनर खाँदैमा डेट गएको हुन्छ ?’ उनले टाइगर आफ्नो साथी मात्र भएको बताइन् । आफूहरुको अफेयरको विषयमा गसिप लेखेर पेट पाल्ने पत्रकारहरुको पेटमा लात्ती हान्न नचाहेको सम्म उनले बताएकी थिइन् ।

उनै दिशा अचेल फिल्म निर्माता साजिद नाडियावालसँग शंकाष्पदरुपमा नजिकिएकी छन् । यी दुईले हालै एउटा एयरपोर्टको पार्किङमा मिटिङका नाममा कारभित्रै दुई घन्टा बिताए । निर्माता र नायिकाको मिटिङ कि अफिसमा हुन्छ, कि घरमा, नत्र होटलमा । कारभित्र कस्तो खालको मिटिङ हो ? धेरैलाई शंका छ, टाइगरलाई धोका दिएर उनी साजिदसँग सल्किँदैछिन् । जबकि साजिद टाइगरका गडफादर हुन् ।

बागी २ का निर्देशक साजिद आफ्नो आगामी फिल्ममा दिशालाई ऋतिक रोशनको अपोजिटमा खेलाउने मुडमा छन् । यो फिल्ममा टाइगर हुने छैनन् । यसअघि दिशा सलमान खानको फिल्म ‘भारत’ मा पनि अनुवन्धित भइसकेकी छन् । भटाभट एकपछि अर्को फिल्म पाएपछि दिशामा घमन्ड बढिरहेको छ ।