टर्कीको राष्ट्रपतिमा रजेप तैयप एर्दोगान विजयी

११ असार २०७५, सोमबार ०५:४२

असार ११, काठमाडौं ।

टर्कीको राष्ट्रपतिमा रजेप तैयप एर्दोगान विजयी भएका भएका छन् । आफ्ना निकटतम प्रतिद्वन्द्वी मुहर्रेम इञ्जालाई पराजित गर्दै एर्दोगान दोस्रो कार्यकालका लागि विजयी भएका हुन् ।

चुनावी नतिजापछि बोल्दै एर्दोगानले टर्कीले विश्वलाई नै लोकतन्त्रको पाठ सिकाएको बताएका छन् ।

आधाभन्दा कम मत ल्याएको अवस्थामा पुनः अर्को चरणमा चुनाव हुने परिपाटी टर्कीमा छ । तर एर्दोगान पहिलो चरणमै आधाभन्दा बढी मत ल्याएर विजयी भएका छन् ।

  • राष्ट्रनिर्माता पछिकै शक्तिशाले बने एर्दोगान

टर्कीको नयाँ संविधानले राष्ट्रपतिलाई धेरै अधिकारसहित शक्तिशाली बनाएको छ । राष्ट्रनिर्माता आटाटर्कपछि सबैभन्दा शक्तिशाली नेता एर्दोगान बनेका छन् ।

यद्यपि, यसको औपचारिक घोषणा भने भएको छैन । शुक्रबार यसको परिणाम सार्वजनिक गर्ने तयारी त्यहाँको निर्वाचन आयोगले गरेको बीबीसीले जनाएको छ ।

टर्कीका प्रमुख निर्वाचन अधिकारी सादी गुभेनले बीबीसीसँग एर्दोगानले सुविधाजनक मतका साथ विजयी हासिल गरेको बताएका छन् । तर उनले विस्तृत मत परिणाम भने दिएका छैनन् ।

  • चुनाव निष्पक्ष नभएको विपक्षीको दावी

टर्कीको सञ्चारमाध्यमहरुले जनाएअनुसार नवनिर्वाचित राष्ट्रपति एर्दोगानले सदर ९९ प्रतिशत मतबाट ५३ प्रतिशत गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वीले मुहर्रेम इन्सले भने ३३ प्रतिशत मत बटुले ।

एर्दोगानका प्रमुख प्रतिस्पर्धी इञ्जाले चुनाव निष्पक्ष नभएको दावी गरेका छन् । तर, उनले सामाजिक सञ्जालमार्फत पराजय भने स्वीकार गरेका छन् ।

उनले प्रजातान्त्रिक लडाइँ जारी राख्ने बताएको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।