गुन्डा नाइके गिरीलाई विशेष अदालतले दियो सफाइ

६ असार २०७५, बुधबार ०६:१०

असार ६, काठमाडौं ।

गुन्डा नाइके अभिषेक गिरीलाई सम्पत्ति शुद्धिकरण मुद्दामा विशेष अदालतले सफाइ दिएको छ ।

मंगलबार अदालतका न्यायधिश बाबुराम रेग्नी, चण्डीराज ढकाल र नायणप्रसाद पोखरेलको संयुक्त इजलासले गिरीलाई सफाइ दिएको हो ।

 

यसअघि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले ५ जेठ २०७० मा गिरीसहित अन्य ५ जना गुन्डा नाइकेविरुद्ध सम्पद्धि शुद्धिकरणको मुद्दा दायर गरेको थियो ।

 

त्यसमध्ये गुन्डा नाइकेहरु डन दीपक मनाङे उर्फ राजीव गुरुङ, पर्शुराम बस्नेत, चक्रे मिलन लगायतले यसअघि नै सफाइ पाइसकेका छन् ।