कामचोर कर्मचारीलाई महिला हाकिमको झापड, घुँडा टेकेर भुइँमा हिँड्न पनि आदेश

२८ जेष्ठ २०७५, सोमबार ०८:०७

जेठ २८, काठमाडौं । एजन्सी

वास्तवमा कामचोर कर्मचारीलाई बर्खास्त गर्ने, तलब वा ग्रेड नबढाउने आदि गरिन्छ । तर चीनको एउटा कम्पनीमा चाहीँ त्यहाँकी महिला हाकिमले आफ्ना कर्मचारीलाई अनौठो खाले कारवाही गरेकी छिन् । सायद आधुनिक सभ्य अफिसहरुमा यस्तो कारवाही अन्त कतै छैन होला ।

चीनको हुबेइ प्रान्तमा रहेको एक कम्पनीको समीक्षा बैठका क्रममा अनौठो घटना भएको छ । उक्त बैठक पछिको घटनाको भिडियो सोसल मिडियामा भाइरल बनेको छ ।

उक्त बैठक पश्चात् कम्पनीकी महिला प्रबन्धकले खराब कार्यसम्पादनको अभियोगमा कर्मचारीहरुलाई लाइनमा उभ्याएर गालामा झापड हानेकी छिन् । एक एक गर्दै कर्मचारीहरुलाई हाते कारवाही गरेसँगै कर्मचारीहरुलाई घुँडा टेकेर भुइँमा हिँड्न पनि आदेश दिइयो ।

समाचार अनुसार सुरुमा त ती महिला हाकिमले कर्मचारीलाई झापड हान्न संकोच मानेकी थिइन् । तर कर्मचारीहरु आफै हाते कारवाही भोग्न तयार भए र आफुहरुलाई झापड हान्न अनुरोध गरेसँगै उनले त्यसो गरेको बताइएको छ ।