काठमाडौं जडिबुटीमा ट्रिपरमाथि स्थानीयले गरे आगजनी

३० जेष्ठ २०७५, बुधबार ०७:१८

जेठ ३०, काठमाडौं ।

काठमाडौं जडिबुटीमा ट्रिपरमाथि स्थानीयले आगजनी गरेपछि सडक अबरुद्ध भएको छ ।

ट्रिपरले स्कुटरलाई ठक्कर दिएपछि आक्रोशित स्थानीयले आगजनी गरेको महानगरीय प्रहरी प्रभाग, कोटेश्वरले जनाएको छ ।

प्रहरीका अनुसार बा ४ ख ३५५८ नम्बरको टिपरले सोही दिशातर्फ आउँदै गरेको बा ७० प ९३९९ नम्बर स्कुटरलाई ठक्कर दिएको थियो । दुर्घटनामा स्कुटर चालक महिलाको घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।

महानगरीय ट्राफिक महाशाखाका अनुसार दुर्घटनापछि स्थानीयले सडक अबरुद्ध गरेका कारण पेप्सिकोला , कोटेश्वरबाट र लोकन्थलीबाट जडिबुटीतर्फ जाने सवारी साधनहरु प्रभावित भएका छन् ।

त्यस क्षेत्रमा वैकल्पिक रुटको प्रयोग गर्न ट्राफिकले सर्वसाधारणलाई सुझाव दिएको छ ।