करणी मुद्दा मिलाइदिने भन्दै २० हजार ठगी गरेपछि

२३ जेष्ठ २०७५, बुधबार ०४:५७

जेठ २३, काठमाडौं ।

जबरजस्ती करणी मुद्दा मिलाइदिने भन्दै रकम असुल्ने १ जनालाई काभ्रे प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले ‍‍‍‌‌‍ललितपुर महांकाल गाउँपालिका–१ का ३५ वर्षीय श्याम लामालाई पक्राउ गरेको हो ।

 

अनुसन्धानको क्रममा रहेको जबरजस्ती करणी मुद्दा मिलाइदिने भन्दै प्रतिवादीको बुबासँग २० हजार ठगी गरेको सूचनाका आधारमा लामालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी महेन्द्रप्रसाद मरासिनीले जानकारी दिए ।