एमीले दिइन् चुम्बन गर्दै गहिरो प्रेममा रहेको छनक

११ असार २०७५, सोमबार ०८:१६

असार ११, काठमाडौं ।

बलिउड नायिकाहरु अहिले प्रेमलाई खुल्लम खुल्ला रुपमा प्रस्तुत गर्न थालेका छन् । नायक रणवीर कपुरसँगको प्रेमलाई नायिका आलिया भट्टले लुकाउन सकिनन् ।

बलिउडका कलाकार प्रेमको मामालामा उदार बनेको वुझ्न सकिन्छ । केही बलिउड चलचित्रमा काम गरेकी बोल्ड नायिका एमी ज्याक्सनले पनि आफ्नो प्रेमी सार्वजनिक गर्दै उनीसँग रोमान्टिक मुडको तस्बिर पोष्ट गरेकी छिन् ।

 

एमीले अभिनय गरेको चलचित्र ‘२.०’ प्रदर्शनका लागि तयार छ । एमी भने कहिले भारत त कहिले अमेरिकामा रहँदै आएकी छिन् । बलिउडमा उनको बोल्ड छवि बनेतापनि उनले त्यस्तो कमाल भने देखाउन सकिनन् । जसकाकारण, एमीलाई सफलता कमै मात्र मिलेको छ ।

 

प्रेमीसँग सार्वजनिक गरेको तस्बिरमा एमी रोमान्टिक देखिएकी छिन् । एकले अर्कालाई चुम्बन गर्दै आफूहरु गहिरो प्रेममा रहेको समेत छनक दिएका छन् ।