इंगल्याण्डका खेलाडीले विश्वकप फु्टवल हेर्न आफ्नो परिवारलाई रसिया नआउन आग्रह

२४ जेष्ठ २०७५, बिहीबार ०५:५४

जेठ २४, काठमाडौं ।

विश्वकप फु्टवल खेल्ने इंगल्याण्डका एक खेलाडीले भने आफ्नो परिवारका सदस्यलाई रसिया नआउन सचेत गराएका छन् ।

इंगल्याण्डका खेलाडी ड्यानी रोजले रसियामा रंगभेदी दुब्र्यवहारको खतरा रहेको भन्दै आफ्ना परिवारका सदस्यलाई रसिया नआउन सचेत गराएका हुन् ।

 

टोटनहेमका डिफेन्डर रोजले रंगभेदी दुब्र्यवहारका कारण आफू असहाय महसुस गर्ने भन्दै रंगभेद विरुद्ध फिफाको कारबाहीलाई घृणित र हास्यास्पदको संज्ञा दिएका छन् ।

 

रंगभेदी विभेदको आरोपमा हालै फिफाले रसियन फुटवललाई २२ हजार युरो जरिवाना गरेको थियो ।

 

रोजले भनेका छन्, म आफ्नो बारेमा धेरै चिन्तित छैन, तर मेरो परिवारलाई भनेको छु, उनीहरु बाहिर जाादा रंगभेदी विभेदको शिकार हुन सक्छन् ।’