असईले आफैंलाई गोली हानेर आत्महत्या गरे

२७ जेष्ठ २०७५, आईतवार ०६:४३

जेठ २७, काठमाडौं ।

काठमाडौंको लाजिम्पाटमा रहेको नेपालस्थित इजरायली दूतावासमा खटिएका नेपाल प्रहरीका एक अधिकारीले आत्महत्या गरेका छन् ।

प्रहरी सहायक निरीक्षक (असई) अनुपराज थापाले बिहान साढे १० बजे आफैंलाई गोली हानेर आत्महत्या गरेका हुन् ।

 

काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले उनले आफ्नै कोठामा आफैंलाई गोली हानेर आत्महत्या गरेको पुष्टि गरे ।

 

थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त, दरबारमार्गको टोली घटनास्थलमा पुगेको प्रहरीले जनाएको छ ।