अष्ट्रेलिया र पेरु विश्वकपबाट बाहिरिए, डेनमार्क फ्रान्ससँग गोलरहित

१३ असार २०७५, बुधबार ०५:४०

असार १३, काठमाडौं ।

रसियामा जारी विश्वकपबाट अष्ट्रेलिया र पेरु बाहिरिएका छन् । डेनमार्कले फ्रान्ससँग गोलरहित बराबरी खेलेसँगै यी दुबै टोली विश्वकपको नकआउट चरणमा पुगका छन् भने अष्ट्रेलिया र पेरु भने बाहिरिएका हुन् ।

लुज्निकी रंगशालामा मंगलबार राती सम्पन्न निकै रोमाञ्चक खेलमा डेनमार्कले फ्रान्सलाई बराबरीमा रोकेको हो । फ्रान्सलाई बराबरीमा रोकेसँगै समूह सीको उपविजेता बन्दै डेनमार्क नकआउट चरणमा पुगेको हो ।

यस्तै समूह बिजेता बन्दै फा्रन्स पनि नकआउट चरणमा पुगेको छ । समूह बिजेता फा्रन्सले ७ अंक जोड्यो भने डेनमार्कले ५ अंक बटुल्यो । यता आजको पेरुसँग हारेको अष्ट्रेलिया समूह चरणबाटै बाहिरिनै बाध्य भयो । अष्ट्रेलियालाई आफ्नो समूह चरणको अन्तिम खेलमा पेरुले २–० ले हराएको थियो ।

यस्तै पेरु पनि समूह चरणबाटै घर फर्किएको छ । एक खेलमा बराबरी र एक खेलमा जित दर्ता गरेको पेरु समूह चरणबाटै बाहिरन बाध्य भएको हो । योसँगै समूह सीको छिनोफानो भएको छ ।