अमेरिकामा बसोबास लेखक थपलियाको पुस्तक ‘सतप्रतिशत जीवन’ सगरमाथामा विमोचन

३० जेष्ठ २०७५, बुधबार ०५:५२

जेठ ३०, काठमाडौं ।

अमेरिकाको न्युयोर्कमा बसोबास गर्दै आएका युवा लेखक राजन थपलियाको पुस्तक ‘१०० % लाइफ’ अर्थात् सतप्रतिशत जीवन सगरमाथामा विमोचन गरिएको छ । उनको यो दोश्रो संस्करण हो भने उनले यसमा ५ अध्याय थपेका छन् ।

गत मे १८ शुक्रबार बिहान ८ बजे ख्याति प्राप्त अन्तराष्ट्रिय हिमाल मार्गदर्शी आङ दावा शेर्पाले ६ पटक विश्वको सर्वोच्च शिखर सगरमाथामा सफलता पूर्वक पाइला टेके । साथै थपलियाको चर्चित कृती सतप्रतिशत जीवनलाई सगरमाथामा विमोचन गरियो ।

१०० प्रतिशत लाइफ पुस्तक सगरमाथामा विमोचन गरिएको आप्रवासी नेपालीको पहिलो पुस्तक हो ।

१०० % लाइफ नर्थ क्यारोलिना अमेरिकाको लुलु छापाखानाबाट २०१७ मा प्रकासित कृती हो। उक्त कृतीमा मान्छे को जीवनको हरेक पाटोलाई विश्लेषण गरिएको छ। पुस्तकमा जीवनलाई कसरी रुपान्तरण गर्ने , आफूलाई कसरी मानसिक रुपमा बलियो बनाउने भन्ने कुरालाई पुस्तकमा बिशेष जोड दिइएको छ।

सतप्रतिशत जिजीवन किताबको शीर्षकले भने जस्तै मानिसलाई जीवन सत प्रतिशत बनाउन पर्ने तत्वहरु र कसरी बनाउने भन्ने कुरा मा नै यो पुस्तक किताब केन्द्रित रहेको छ।

उक्त किताब २ सय ५६ पन्ना को रहेको छ । परिवर्तनमा बिश्वास गर्ने हरुले पढ्ने किताब हो। हिजो जे भयो भयो अब आजबाट बदलिन चाहनेहरुले पढ्ने किताब हो । सपना भने को ठूलो देख्नु पर्छ ,यदी जीवनमा ठूलो काम गर्नु छ भने। सबै सपनाहरु पुरा हुँदैनन्, यदी इच्छा शक्ति कमजोर छ भने।

ठूलाठूला पहाडहरुलाई पनि छिचोलेर खोला बगी नै रहन्छ ,त्यो पानीको शक्तीले होइन त्यो अबिरल बगी रहने पानीको निरन्तरताले हो। त्यही निरन्तरता को एक सार हो १००% लाइफ पुस्तक ।

उक्त किताब को दोस्रो संस्करण मे ९ तारिख देखि बजार मा उपलब्ध छ। उक्त पुस्तक अमेजन्, इबे तथा बार्न्स एन्ड नोबेल मा उपलब्ध रहेको छ।

लामो समयदेखि अमेरिकामा रहँदै आएका थपलिया खुट्टा/पैताला चिकित्साका विद्यार्थी हुन्। पूर्ण कालिन लेखनमा ब्यस्त थपलिया आफूलाई लेखक भन्दा पनि राम्रो पाठक भन्न रुचाउँछन् ।

धादिङ त्रिपुरासुन्दरी गाउँपालिकाका स्थायी बासिन्दा थपलियाको हालसम्म जीवन विज्ञानमा आधारित दर्जन पुस्तक प्रकाशन भइसकेका छन् ।

राजनका अन्य पुस्तकहरु थिङक एबाउट इट, सिम्पल रुल्स, टर्निङ प्वाईन्ट, चेन्ज योर्स फ्युचर्स ,इन आवर कन्ट्री ,द ओल्ड म्यान एण्ड डग, द सेक्रेट मिलेनियर, लाईफ ईज नट ईजी, रिजोईस, रिजोईस टु, स्वीट स्पिचेस ,हन्ड्रेड पर्सेन्ट लाईफ र फिफ्टी फ़ाइव ईयर्स हुन् ।

झण्डै १५ बर्ष किशोरावस्था देखि नै लेखन कार्यमा लागेका थपलियाका अप्रकाशित केही पुस्तकहरु पनि तयारी अवस्थामा छन् । थपलियाको लेखन सेल्फ हेल्प( आत्मा) मोटिभेशन (उत्प्रेरणा ) र नोभल (उपन्यास )मा केन्द्रीत रहेको छ ।