४ अर्ब ५० करोड बजेट मदन भण्डारी राजमार्गलाई

१५ जेष्ठ २०७५, मंगलवार ११:४९

जेठ १५, काठमाडौं ।

सरकारले हालै मात्रै आगामी आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम मार्फत घोषणा गरेको मदन भण्डारी राजमार्गका लागि आगामी आर्थिक वर्ष २०७४/०७५ का लागि ४ अर्ब ५० करोड बजेट छुट्टाएको छ ।

झापाको शान्तीनगर देखि पाल्पा ,प्युठान, सुर्खेत हुँदै डडेलधुरासम्म पुग्ने यो राजमार्ग १२ सय किलोमिटर लामो हुन्छ । जसमा अहिले धरान चतरा देखि हेटौडा सम्मको काम अघि बढिसकेको छ ।

 

३०० किमीको यो खण्ड निर्माण सकिन लागेको छ । जसका लागि सरकारले चालु आर्थिक वर्षमा ३ अर्ब १५ करोड रुपैयाँ बिनियोजन गरेको थियो ।

 

झापाको शान्तीनगर देखि धरानसम्मको खण्डको डिपिआर तयार गर्नुपर्ने छ । साथै पाल्पाको राम्दीबाट गुल्मी हुँदै प्युठानसम्मको भागमा पनि डिपिआर गर्न बाँकि छ ।

 

दाङबाट सुर्खेतको बाटेचौरसम्म अहिले पिचँको काम भइरहेको छ । बाटेचौर देखि डडेलधुरा सम्मको भने डिपिआर बनिसकेको छैन ।