सुन तस्कर “गोरे” काठमाडौं गौरिघाट क्षेत्रबाट पक्राउ

८ जेष्ठ २०७५, मंगलवार ०८:४९

जेठ ८, काठमाडौं ।

३८ क्वीन्टल सुन तस्करीका मुख्यअभियुक्त चुडामणि उप्रेती गोरे काठमाडौंबाट पक्राउ गरेको छानविन समितिले जनाएको छ ।

गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा बसेको छानविन समितिले पत्रकार सम्मेलन गरी गोरे पक्राउ परेको जानकारी गराएको हो ।

 

समितिका अनुसार गोरे काठमाडौं आएको सूचनाका आधारमा पछ्याउने क्रममा पक्राउ परेका हुन् ।

 

विहान करिव ५ः ३४ बजेतिर काठमाडौं गौरिघाट क्षेत्रबाट पक्राउ गरिएको हो ।