सुन तस्करी काण्डमा मुछिएका अभियुक्तहरुको पक्षमा ४२ वकिलले बहस गर्ने

२६ बैशाख २०७५, बुधबार ०६:१२

वैशाख २६, काठकमाडौं ।

सुन तस्करी काण्डमा मुछिएका अभियुक्तहरुको पक्षमा ४२ जना वकिलले बहस गर्ने भएको बताइएको छ ।

मोरङ जिल्ला अदालतमा विहीबार (२७ बैशाख) देखि बादी–प्रतिबादीको पक्ष बिपक्षमा बहस सुरु हुने भएको बताएको छ । अघिल्लो बुधवार उनीहरु बिरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दायर भएको थियो ।

आज (२६ बैशाख) कानुन दिवस भएकोले बिहबारदेखि बहस शुरु हुने बताइएको छ । जल्ला अदालत मोरङका श्रेस्तेदार नवराज दुलालका अनुसार बिहिवार देखि शुरु हुने बहसमा ४२ जना वकिलले प्रतिवादीको तर्फबाट बहस गर्ने र ८ जना सरकारी वकिलले वादी नेपाल सरकारको तर्फबाट बहस गर्ने बताए ।

जिल्ला सरकारी वकिलको कार्यालयका सहायक जिल्ला न्यायाधिवक्तादेखि उच्च सरकारी वकिल र महान्यायाधिवक्तासम्मले सुन तस्करीसँग जोडिएको सनम शाक्य हत्याको बिषयमा बहस गर्ने र जिल्ला अदालतमा वकालतनामा मार्फत् ४२ जनाले सोही मुद्दामा बहसका लागि आफ्नो नाम दर्ता गराएको श्रेस्तेदार दुलालले जानकारी दिए ।

सबैको चासोको बिषय भएको साढे ३३ किलो सुन काण्डको मुद्दा जिल्ला न्यायाधिश नारायणप्रसाद शर्माको इजलाशमा परेको बताइएको छ ।