राजनीतिक दलहरु प्रतिपक्षमा विभाजित नहोऔं, सबैजना सत्तापक्ष होऔँ : दाहाल

२३ बैशाख २०७५, आईतवार ०८:३१

वैशाख २३, काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक दलहरु सत्ता पक्ष र प्रतिपक्षको रुपमा बिभाजित हुन नहुने बताएका छन् । देशको विकासका लागि सबै सत्तापक्ष हुनुपर्ने बताएका छन् ।

नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ४ को नवनिर्वाचित नेतृत्वको आइतबार आयोजित पदस्थापन कार्यक्रममा पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले विकास, समृद्धि र स्थायीत्वका लागि सत्ता पक्ष र प्रतिपक्ष मिलेर जानुको विकल्प नभएको बताए ।