यात्रु कोच्ने २ सय माइक्रो र टेम्पो कारवाहीमा

६ जेष्ठ २०७५, आईतवार १२:०२

जेठ ६, काठमाडौं ।

ट्राफिक प्रहरीले सिट क्षमताभन्दा बढी यात्रु बोक्ने टेम्पो तथा माइक्रोमाथि कारवाही सुरु गरेको छ । आजमात्रै काठमाडौं उपत्याकाभित्र मनलाग्दी यात्रु कोचेर गुडेका झण्डै २ सय सार्वजनिक सवारी कारवाहीमा परेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

महाशाखाका सह-प्रवक्ता मुकुन्द मरासिनीकाअनुसार सबैलाई पहिलोपटकका लागि ५ सय रुपैयाँ जरिवाना गरेर छाडिएको छ । अपरान्हसम्ममा नै १८९ गाडी कारवाहीमा परेका थिए ।


गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बिहीबार ट्राफिक प्रहरीलाई सिट क्षमताभन्दा बढी यात्रु बोक्ने माइक्रो र टेम्पोलाई ‘अन द स्पट’ कारवाही गर्न निर्देशन दिएका थिए । त्यसैअनुरुप ट्राफिकले आइतबारबाट अभियान थालेको हो ।

 

‘माइक्रोमा १८ जनाभन्दा बढी चढाउन अब पाइँदैन । यात्रुले पनि यो अभियानलाई बुझिदिनुपर्छ,’मरासिनीले भने,’यसले गाडीभित्र यात्रुले पाउने सास्ती कम हुन्छ ।’

 

यो अभियानले पाकेटमारी नियनत्रण र सार्वजनिक यातायातमा हुने यौनजन्य दुब्र्याबहारको घटनामा पनि कमी ल्याउने विश्वास छ ।

 

सार्वजनिक यातायातलाई सभ्य र मर्यादित बनाउन यो महत्वपूर्ण हुने अपेक्षा छ । यो अभियानले दुर्घटना पनि कम गर्ने सहप्रवक्ता मरासिनी बताउँछन् ।