बलात्कार काण्डका फरार ३ विरुद्ध इन्टरपोलमा डिफ्यूजन नोटिस जारी

१० जेष्ठ २०७५, बिहीबार ११:३७

जेठ १०, काठमाडौं ।

चार महिनाअघि दरबारमार्गको होटल ल्याण्डमार्कमा भएको सामूहिक बलात्कार काण्डका फरार ३ जना प्रतिवादीविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मा डिफ्यूजन नोटिस जारी भएको छ ।


यसअघि गत माघ पहिलो साता होटल ल्याण्डमार्कमा एक युवती सामूहिक बलात्कारको शिकार भएकी थिइन् ।

 

प्रकरणमा संलग्न अन्य प्रतिवादीहरु विकास गौतम, दिपक श्रेष्ठ र रवी पौडेलको नाममा डिफ्यूजन नोटिस जारी भएको काठमाडौं प्रहरी परिसरले जनाएको हो । उनीहरुलाई फरार प्रतिवादी बनाएरै मुद्दा दायर गरिएको थियो ।

 

बलात्कारको घट्नामध्ये निकै चचिैत घट्ना हो दरबारमार्ग बलात्कार घट्ना हो ।

 

प्रकरणका मुख्य अभियुक्त पीडित युवतीका प्रेमी शैलेश कार्कीलाई पुर्पक्षका लागि जेल चलान गर्ने आदेश अदालतले दिइसकेको छ ।