बर्थडेको दिन ढाडमा दुई मुक्का हान्ने अनौठो परम्परा

२४ बैशाख २०७५, सोमबार ०९:३०

वैशाख २४, काठमाडौं । एजेन्सी

जन्मदिनमा कसैलाई उपहार, दक्षिणा आदि दिनु स्वभाविकै हो । तर क्यानडाको एउटा ठाउँमा भने जन्मदिनका दिन बच्चालाई मुक्का हान्ने परम्परा छ ।

जन्मदिनमा धुमधामसँग बर्थडे पार्टीको आयोजना त गरिन्छ नै, त्योसँगै जन्मदिनको बच्चालाई मुक्का पनि हानिन्छ ।

क्यानडाको आन्ध्रमहासागरीय क्षेत्रहरुमा यस्तो अनौठो परम्परा सहित बर्थडे मनाउने चलन छ ।

आफ्नो बच्चाको बर्थडेमा घरका सदस्यहरुले विभिन्न खाले परिकारहरु तयार पार्दछन् । बच्चालाई मनपर्ने खाना तथा मनपर्ने खेलौना पनि किनिन्छ ।

जब बर्थडेको केक काट्ने चलन हुन्छ तब बच्चाको नाकमा नौनी घिउ दलिदिने गरिन्छ । नाकमा नौनी दलेसँगै जन्मदिनको बच्चालाई मुक्का पनि हानिन्छ । दुई मुक्का उसको ढाडमा हानिन्छ ।

तन्नेरी युवायुवती तथा किशोरकिशोरीहरुले यो परम्पराको भरपूर फाइदा उठाउँछन् । बर्थडेको दिन नाकमा नौनी लगाइदिने र ढाडमा मुक्काले हान्नमा निकै रमाइलो मान्छन् उनीहरु ।

बर्थडेको दिन ढाडमा दुई मुक्का हान्नुको आफ्नै अर्थ छ । उक्त दुई मुक्का मध्ये एउटा चाहीँ नया वर्ष प्रवेश गरेको उपलक्ष्यमा हानिन्छ भने अर्को चाहीँ राम्रो भाग्यको कामना गर्दै ।