प्रहरी नायब निरीक्षक घुससहित पक्राउ

१६ जेष्ठ २०७५, बुधबार १२:१२

जेठ १६, काठमााडौं ।

महानगरीय प्रहरी वृत्त, दरबारमार्गमा कार्यरत् प्रहरी नायब निरीक्षक वीरेन्द्रबहादुर ऐडी घुससहित पक्राउ परेका छन् ।

उनलाई अख्तियार दुरुपयोग अनुसन्धान अयाोग, टंगालको टोलीले २४ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

 

ऐडीले मासिक रुपमा रकम नदिए व्यवसाय गर्न अफ्ठ्यारो बनाइदिने भन्दै व्यवसायीसँग असुली गर्ने गरेको प्रहरीले जनाएको छ ।

 

उनलाई रकम लिइसकेपछि रिचमण्ड फूड क्याफे, महाराजगञ्जबाट नियन्त्रणमा लिएर अनुसन्धान थालिएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले बताए ।