वैशाख २४, काठमाडौं ।
नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक सिंहदरबारमा बसिरहेको बताइएको छ ।
प्रचण्डको सचिवालयले आजको बैठकमा आर्थिक वर्ष ०७५/०७६ को बजेटका बारेमा छलफल भइरहेको जनाएको छ ।
यसबाहेक, समसामयिक राजनीतिका बारेमा अध्यक्ष प्रचण्डले बैठकमा संक्षिप्त व्याख्या गर्ने कार्यसूची रहेको बताइएको छ ।