एक जापानी आरोहीको लेक लागेर मृत्यु

२४ बैशाख २०७५, सोमबार ०६:२६

वैशाख २४, काठमाडौं ।

खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित लबुते आधारशिविरमा लेक लागेर बिरामी परेका ४३ वर्षीय जापानी नागरिक कुगा टाकाहिरोको आइतबार साँझ मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालयले बताएको छ ।

उनी सगरमाथा आरोहण गर्न गत बैशाख १४ गते काठमाडौंस्थित नेपाल एक्प्लारेसन प्रालिमार्फत् नेपाल आएको बताइएको छ ।